You are viewing the translated version of दफा २ को उपदफा २.१.३ सँग सम्बन्धित) योजना क्षेत्रको सीमाना.

Schedule
दफा २ को उपदफा २.१.३ सँग सम्बन्धित) योजना क्षेत्रको सीमाना

पूर्व ःगोदावरी भञ्ज्याङ्ग, त्रिवेणी डांडा र पाटी भञ्ज्याङ्गको सिरानै सिरान हुँदै अमालडोलको पूर्वपट्टिको पानीढलो भई रोहिणी भञ्ज्याङ्ग र किर्तिके भञ्ज्याङ्गको सिरानै सिरान हुँदै मंचुरी लेख र चिपूडांडाको सिरानसम्म ।
पश्चिमः सिमपानी, काजि गाउँ, भट्टारचौर, दक्षिणकाली, तालुक, गुरदम खोला हुँदै चखेलको उत्तरपट्टिको पानीढलो, चन्द्रगिरि सिमभञ्ज्याङ्ग मसिनी गाउँको पूर्वपट्टिको पानी ढलो, दहचोक डाँडा, मजुवा गाउँ, भीमढुँगा थुम्कीको पूर्व पट्टिको पानीढलो भई भुडखु र पाँचमाने भञ्ज्याङ्गसम्म ।
उत्तर ः पाँचमाने भञ्ज्याङ्ग र शिवपुरी लेकको सिरानै सिरान हुँदै बोलांग र चिपुडांडासम्म ।
दक्षिण ः गोदावरी भञ्ज्याङ्गको सिरानै सिरान हुँदै ढुँगाखानी खोलाको पानीढलो, भगवान डाँडा र लेले भञ्ज्याङ्गको सिरानै सिरान हुँदै देउराली थुम्की, बाबिया गाउँ, मानेको दक्षिणपट्टिको पानीढलो भई बागमती नदी हुँदै सिमपानीसम्म ।